वर्षा र हिमपातको सम्भावना

२०७७ माघ ७ गते, बुधबार


काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सफा रहनेछ। प्रदेश १ का पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु