सुन तोलाको ९२ हजार

२०७७ माघ ६ गते, मंगलवार


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुन तोलाको ९२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँमा निर्धारण गरिएको जनाएको छ । यस्तै चाँदी तोलाको १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको ९१ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु