न्यौपाने र तोलाङ्गीलाई तत्काल रिहा गर्न माग

२०७७ माघ ६ गते, मंगलवार

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले महासङ्घका केन्द्रीय सदस्य सरोजप्रसाद न्यौपाने र काठमाडौँ जिल्ला अध्यक्ष नारायण तोलाङ्गीलाई तत्काल रिहा गर्न माग गरेको छ । न्यौपाने र तोलाङ्गीलाई गत पुस ९ गते काठमाडौँबाट प्रहरीले गिरफ्तार गरेको थियो । महासङ्घका संयोजक विनोद थापाले जिज्ञप्ति जारी गरी गिरफ्तार गरिएका सङ्गठनका नेताहरूलाई बालाजु प्रहरी हिरासतमा राखी झूट्टा मुद्दामा फसाउने तयारी गरिएकोमा तीव्र निन्दा गर्दै बिनासर्त रिहा गर्न माग गरेका छन् । दुवैजनालाई अविलम्ब रिहा नगरिए कडा सङ्घर्ष गर्न बाध्य हुने पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु