फुटवेयर विजनेश एक्स्पो २०७७ सुरु

२०७७ माघ ५ गते, सोमबार

काठमाडौं । ‘फुटवेयर विजनेश एक्स्पो २०७७ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । कोरोना पछि पहिलो पटक लागेको एक्स्पोमा ८ वटा ब्राण्डका नयाँ नयाँ डिजाइनका जुत्ताहरु राखिएको छ । नेपाली उत्पादन र प्रयोगलाई प्राथमिकता दिन जुक्ता चप्पल मेला सुरु गरीएको हो । मेलामा नेपालका प्रख्यात ब्राण्डहरुका एक हजारभन्दा बढी डिजाइनका जुत्ता चप्पल राखिएका छन् । स्वास्थ्य मापदण्ड पूरा गरी आयोजना गरिएको मेलामा मास्क लगाएर र थर्मलगनद्वारा तापक्रम नापेर सेनिटाइजर प्रयोग गरेपछि मात्र उपभोक्ताई प्रवेश गराउने व्यवस्था रहेको आयोजक सबिन कार्कीले बताए । कोरोनाले तहसनहस भएको व्यवसायमा यो एक्स्पोले केही आशा जगाएको छ । स्वदेशमा बनेका जुत्ता चप्पलले नेपाली बजार धानिरहेको अवस्थामा आयोजना भएको एक्सपोले एकै छानोमुनि विभिन्न ब्राण्डका उत्पादन चयन गर्न पाउने भएका छन् ।
ग्राहक र उद्योगबीचको सिधा सम्बन्ध स्थापना गर्न तथा उनीहरुको प्रतिक्रिया लिएर थप गुणस्तरीय उत्पादनमा लाग्न पनि मेला आयोजना गरिएको आयोजकको दावी छ । भृकुटीमण्डपमा हरेक वर्ष जुत्ता चप्पल मेला लाग्ने गर्दछ । मेलामा नेपालका प्रख्यात ब्राण्डहरुका एक हजारभन्दा बढी डिजाइनका जुत्ता चप्पल राखिएका छन् । स्वास्थ्य मापदण्ड पूरा गरी आयोजना गरिएको मेलामा मास्क लगाएर र थर्मलगनद्वारा तापक्रम नापेर सेनिटाइजर प्रयोग गरेपछि मात्र उपभोक्ताई प्रवेश गराउने व्यवस्था रहेको आयोजक सबिन कार्की बताउछन ।
कोरोनाले तहसनहस भएको व्यवसायमा यो एक्स्पोले केही आशा जगाएको छ । स्वदेशमा बनेका जुत्ता चप्पलले नेपाली बजार धानिरहेको अवस्थामा आयोजना भएको एक्सपोले एकै छानोमुनि विभिन्न ब्राण्डका उत्पादन चयन गर्न पाउने भएका छन् ।
ग्राहक र उद्योगबीचको सिधा सम्बन्ध स्थापना गर्न तथा उनीहरुको प्रतिक्रिया लिएर थप गुणस्तरीय उत्पादनमा लाग्न पनि मेला आयोजना गरिएको आयोजकको दावी छ । भृकुटीमण्डपमा हरेक वर्ष जुत्ता चप्पल मेला लाग्ने गर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार