सरकारद्वारा कोरोनाको खोप प्रयोग गर्न शशर्त अनुमति

२०७७ माघ ३ गते, शनिबार

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै भारतले उत्पादन गरेको कोभिसिल्ड खोपलाई प्रयोगको आपतकालीन प्रयोगका लागि शशर्त अनुमति दिएको हो । खोप भारतको सेरम इंस्टिच्यूट अफ इंडिया प्रा.लि.ले उत्पादन गरेको हो ।
भारतमो उत्पादित खोप ‘कोभिसिल्ड’को विषयमा भारतमै विभिन्न प्रश्नहरु उठिरहेको सन्दर्भमा नेपालमा भने यसको प्रयोगका लागि अनुमति दिइएको हो । भारतले भने कोभिसिल्डसँगै बेलायतको अक्सफोर्ड विश्वविद्यायले तयार पारेको कोभ्याक्सिनलाई पनि अनुमति प्रदान गरेको छ ।

प्रतिक्रियाहरु