उत्तर कोरियाद्वारा संसारको सबैभन्दा शक्तिशाली मिसाइल सार्वजनिक !

२०७७ माघ २ गते, शुक्रबार


काठमाडौं । उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक मिसाइल सार्वजनिक गरेको बताइएको छ । त्यहाँका सरकारी सञ्चारमाध्यमहरुका अनुसार उक्त मिसाइललाई ‘संसारकै सबैभन्दा शक्तिशाली अस्त्र’ दाबी गरिएको छ । उत्तर कोरियाकोका राजधानी प्योङयाङमा एक सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । ती मिसाइलहरुलाइ त्यहाँका सर्वोच्च नेता किम जङ अनले अवलोकन गरेका थिए ।
बिबिसीका अनुसार उक्त प्रर्दशनअघि किमले एउटा विरल राजनीतिक बैठकमा संयुक्त राज्य अमेरिका उत्तर कोरियाको ‘प्रधान शत्रु’ भएको बताएका थिए । उसले यी हतियार र सैनिक परेड प्रदर्शन त्यस्तो समयमा गरेको छ, जब अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडनको शपथ कार्यक्रम हुन लागेको छ । सैनिक परेड अवलोकन गरेका किमले मुस्कुराउँदै अभिवादन गरिरहेको तस्वीर सार्वजनिक भएको छ ।
अमेरिकालाई चुनौती दिनकै लागि यी विशाल र नयाँ मिसाइल उत्तर कोरियाले सार्वजनिक गरेको बताइएको छ । कतिपय विश्लेषकहरूले उत्तर कोरियामा यसअघि कहिल्यै नदेखिएका अस्त्रहरू यसपटक देखिएको बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु