बाइडेनद्धारा १९ खर्ब डलरको राहत घोषणा

२०७७ माघ २ गते, शुक्रबार

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले १ दशमलव ९ ट्रिलियन अर्थात १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेका छन । बाइडेनले जनताको नाममा सम्बोधन गर्दै यती ठूलो कोरोना राहत प्याकेज घोषणा गरेका हुन् । राहत प्याकेजलाई अनुदान र कोरोना रोकथाम तथा नियन्त्रण गरि दुई शिर्षकमा वर्गिकरण गरिएको छ । घोषित कार्यक्रमले सीधै नगद भुक्तानी, बेरोजगारी भत्ता प्रदान, भाडा राहत, खाद्य सहायता, साना व्यावसायीका लागि राहतलगायतका विषय समेटेको छ ।
यसअघि संसदबाट पारित भइसकेको ६ सय डलरमा १४ सय जोडेर अब हेरक अमेरिकी परिवारलाई २ हजार डलरको चेक प्रदान गरिनेछ । बाइडेनले घोषणा गरेको यो प्रस्ताव संसदबाट पारित हुन भने बाँकी छ । अमेरिकामा कोरोना संक्रमणको दोस्रो लहरले भयावह रुप लिईरहेको बेला बाइडेनको राहत प्याकेज आएको छ । अहिले दैनिक सरदर ४ हजार अमेरिकीले कोरोनाका कारण ज्यान गुमाईरहेका छन् भने २ लाखसम्म संक्रमित एकै दिन थपिएका छन् । अमेरिकामा हालसम्म कोरोनाबाट ३ लाख ९८ हजारले ज्यान गुमाएका छन् भने २ करोड ३८ लाख ४८ हजार संक्रमित भएका छन् ।

प्रतिक्रियाहरु