राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

२०७७ माघ २ गते, शुक्रबार

काठमाडौं । आज माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस । मुलुकमा विभिन्न समयमा आएका भूकम्प र यसले पु¥याएको क्षतिको सम्झना तथा सुरक्षाका उपायहरुमाथि छलफल र बहस गर्दै यो दिवस मनाउने गरिएको छ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको त्रासदीपूर्ण महाभूकम्पको सम्झनामा वर्षेनी माघ २ मा भूकम्प दिवस मनाउने गरिको हो ।
यस वर्ष देशभर विभिन्न कार्यक्रम गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । यसका लागि यस वर्षको सन्देश ‘बुहप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने तय गरिएको छ ।
विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउन सरकारले यो दिवस मनाउन थालेयता २०७२ सालमा देश र देशवासीले अर्को महाभूकम्पको सामना गर्नुपर्‍यो ।
विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो भने आठ लाखभन्दा बढी निजी घर ध्वस्त बनायो । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा कार्म नलाग्ने गरी भत्किए । गोर्खा भूकम्पको पाँच वर्ष हुँदा पनि अझैसम्म पुनर्निर्माणको काम सकिएको छैन । सरकारले अझै पनि नागरिकलाई पाल र टहराबाट आफ्नै घरभित्र ल्याउन सकेको छैन । अझै कति सम्पदा र भवनहरु बनाउन बाँकी छन् ।
सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥याएको थियो भने अरु १८ जिल्लाले आंशिक क्षति ब्यहोर्न पर्‍यो ।
यस अवसरमा मूल समारोह समितिले भने भक्तपुर मध्यपुरथिमि नगरपालिका वडा नं ८ बोडेस्थित कुमारी पार्कमा विशेष कार्यक्रम गर्दैछ । यसैक्रममा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनी पनि आयोजना गरिने भएको छ । प्रदर्शनी माघ २ गते ३ बजेदेखि ५ बजेसम्म र माघ ३ देखि ५ गतेसम्म बिहान १० देखि १२ बजे, दिउँसो १२ः३० देखि २ः३० एवं दिउँसो तीनदेखि पाँच बजेसम्म खुला रहने जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार