नुवाकोटमा ४० हल गोरु जुधाइँदै

२०७७ माघ १ गते, बिहीबार

काठमाडौँ । माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठका अनुसार यस वर्ष नुवाकोटका चार स्थानमा मेलासहित ४० हल गोरु जुघाउने कार्यक्रम तय भएको छ । तारकेश्वर गाउँपालिका–३ चन्दनीमा मेला आयोजना गरिएको छ । चन्दनीमा यस वर्ष २२ हल गोरु जुध्नेछ् । विदुर नगरपालिका–१० वेत्रावतीमा ५ हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा ७ र पञ्चकन्या गाउँपालिकामा ६ हल गोरु जुधाउने तयारी गरिएको छ ।
चन्दनीमा मेला सफल बनाउन गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतका संघसंस्थाबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने बताइएको छ । गत वर्ष गोरु वर्गीकरण गरी क र ख वर्गअनुसार पुरस्कार वितरण गरिएको थियो ।
क वर्गको विजेता गोरुधनीलाई ९ हजार, उपविजेतालाई ८ हजार रुपैयाँ प्रदान गरिएको थियो। त्यसैगरी ख वर्गका विजेतालाई ७ र उपविजेतालाई ६ हजार रुपैयाँ प्रदान गरिएको थियो । २०६० सालदेखि गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि तारुकाको गोरु जुधाईले अहिले मेलाको स्वरूप ग्रहण गरेको छ ।

प्रतिक्रियाहरु