ट्रम्पमाथिको महाभियोग तल्लो सदनबाट पारित

२०७७ माघ १ गते, बिहीबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाभियोगको प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले पारित गरेको छ । गएको हप्ता वासिङ्गटन डिसीमा रहेको संसद भवनमा भएको हिंसाका लागि आफ्ना समर्थकलाई उक्साएको अभियोगमा ट्रम्पमाथि महाभियोग लगाइएको थियो । बुधबार भएको मतदानमा ट्रम्पलाई महाभियोग लगाउने पक्षमा उनकै पार्टी रिपब्लिकनका १० जना सांसदले पनि पक्षमा मतदान गरेका थिए ।
ट्रम्पमाथि सन् २०१९ को अन्तिममा शक्तिको दुरुपयोग तथा विदेशी शक्तिलाई आन्तरिक राजनीतिमा दखलका लागि प्रयोग गरेको आरोपमा महाभियोग लागेको थियो । तल्लो सदनले महाभियोगका पक्षमा २ सय ३२ तथा विपक्षमा १ सय ९७ मत परेको छ । तल्लो सदनले प्रस्ताव पारित गरे पनि ट्रम्पलाई दोषी ठहर गर्न माथिल्लो सदन सिनेटले दुई तिहाई बहुमतले महाअभियोग पास गर्नु पर्ने हुन्छ । -एजेन्सी

प्रतिक्रियाहरु