जापानका नागरिकद्वारा ओलम्पिक आयोजना नगर्न सुझाव

२०७७ पुष २८ गते, मंगलवार


काठमाडौं । ओलम्पिक आयोजक राष्ट्र जापानका सर्वसाधारणले कोरोना भाइरस महामारी नियन्त्रणमा नआइसकेको भन्दै ओलम्पिक आयोजना नगर्न सुझाव दिएसँगै खेलको अन्योलता बढेको छ । जापानका ८० प्रतिशतभन्दा बढी नागरिकले ओलम्पिक नगर्न सुझाव दिएका छन् । सन् २०२० मै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण यो बर्षलाई सारिएको थियो । जुलाई २३ बाट खेल हुने तालिका भएपनि धेरैले खेल रद्द गर्न सुझाव दिएका छन् ।
खेलसम्बन्धी संघसंस्थाले पनि निर्धारित समयमै खेल हुनेमा आशंका गरेका छन् । पछिल्लो पटक जापानमा कोरोनाको संक्रमणदर बढेपछि खेल थप अनिश्चित भएको छ । कोरोना संक्रमणकै कारण ओलम्पिक टर्च र्‍याली समेत एक महिना पछि सारिएको छ । तर जापान सरकारले भने टोकियो ओलम्पिक पूर्वघोषित तालिकाअनुसार नै हुने बताउँदै आएको छ । – एजेन्सी

प्रतिक्रियाहरु