उत्तर कोरियाद्वारा परमाणु तथा सैन्य क्षमता बढाउने उदघोष

२०७७ पुष २८ गते, मंगलवार


काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले परमाणु तथा सैन्य क्षमता विस्तारको घोषणा गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर उनले थप परिष्कृत लामो दूरीमा मार हान्न सक्ने मिसाइल बनाउने घोषणा गरेका हुन् । उत्तर कोरियाले सुपर लार्ज वारहेड्स, गुप्तचर स्याटेलाइट तथा परमाणु शक्तियुक्त सबमरिनसहितका हतियार बनाउने घोषणा पनि गरेको छ । उत्तर कोरियाले गरेको नयाँ घोषणा चेतावनी युक्त रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले शपथ लिने तयारी गरेका बेला उत्तरको यस्तो घोषणा आएको हो । उत्तर कोारियाले पछिल्लो पाँच वर्ष यताकै ठूलो राजनीतिक कार्यक्रममा सैन्य योजना सार्वजनिक गरिएको हो । मंगलबारदेखि उत्तर कोरियाको वर्कर्स पार्टीको ८ औं महाधिवेशन राजधानी प्योङयाङमा जारी छ । महाधिवेशनवाट नेता किम उत्तर कोरियाको सत्ताधारी वर्कर्स पार्टीको सर्वोच्च पद महासचिवमा बढुवा भएका छन् । महाधिवेशनले पार्टीको विधान परिवर्तन गर्दै महासचिव प्रणाली लागू गरी किमलाई महासचिवमा निर्वाचित गरेको हो । -एजेन्सी

प्रतिक्रियाहरु