मौसम बदली हुने सम्भावना

२०७७ पुष २८ गते, मंगलवार

काठमाडौं । हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो प्रदेश १, २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै यी चार प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । तराईका भू-भागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ भने देशका अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रियाहरु