भाले बाघ मृत भेटियाे

२०७७ पुष २८ गते, मंगलवार


काठमाडौँ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायिक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ । सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो । उनका अनुसार मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ । साँझ पोष्टमार्टम गरिएसँगै बाघलाई डिभिजन वन कार्यालयकै परिसरमा गाडिएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले बताए ।
बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै बाघ मर्नुको कारणबारे जानकारी हुने जनाइएकाे छ । बाघको महत्वपूर्ण अङ्गहरु दाह्रा, जुङ्गा, छाला र नङ्ग्रा सुरक्षित रहेको जनाइएको छ ।

प्रतिक्रियाहरु