बङ्गबन्धु शेख मुजिब म्याराथनको स्वर्ण पुष्पा भण्डारीको पोल्टामा

२०७७ पुष २६ गते, आईतवार


काठमाडौ । बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन् । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन । सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन । उनले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गरेकी हुन । सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो स्थान जितिन । गत वर्ष नेपालमै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद सागमा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गरेकी थिइन । भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध छन् । पुरुषतर्फ भारतका बहादुर सिंहले स्वर्ण जिते । उनले २ घण्टा २१ मिनेट ४० सेकेण्डको समय निकाले । भारतकै राजपाल सिंह २ घण्टा २१ मिनेट ४१ सेकेण्डको समय निकाल्दै दोस्रो र भारतकै हिट राम २ घण्टा २५ मिनेट २३ सेकेण्डको समय निकाल्दै तेस्रो भएका छन ।

प्रतिक्रियाहरु