सिसडोलवासीद्वारा फोहोरमैला व्यवस्थापन रोक्ने चेतावनी

२०७७ पुष २६ गते, आईतवार


काठमाडौ । सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिले १५ दिनभित्र आफूहरुको माग पूरा नगरे फोहोरमैला व्यवस्थापनलाई रोक्ने चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी समितिले १५ दिनभित्र ११ बुँदे माग पूरा नभए फोहोर ल्याउने कार्य रोक्ने चेतावनी दिएका हुन् । पटक पटक जायज माग उठाउँदा आश्वासन मात्र दिइएकाले यो पटक पूरा नगरे फोहोर मैला ल्याउन ठप्प पार्ने समितिले जनाएको हो ।
पत्रकार सम्मेलनमा शहरी विकास राज्यमन्त्री रामबिर मानन्धरले फोहोरमैलाको व्यवस्थापनको लागि नयाँ प्रविधिको मेसिन राख्नुपर्नेमा जोड दिए । फोहोरमैला व्यवस्थापन सधै गम्भीर विषय बन्दै आएकाले यसको दीगो समाधान खोजिनुपर्ने उनको भनाइ छ ।
समितिले १५ वर्षसम्म पनि फोहरको पहाड बनाई गाउँबस्ती र वातावरण दुषित बनाएको आरोप लगाएको छ । स्थानीयका जायज माग सुनुवाइ गरेर फोहोरको दीर्घकालिन समाधान खोज्नपनि स्थानीयल आग्रह गरेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु