देश र जनतालाई संसदीय चंगुलबाट मुक्त पारौ

२०७७ पुष २६ गते, आईतवार

झण्डै दुई तिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकार आफ्नै पार्टीभित्रको रडाकोका कारण संसद् विघटन गर्न बाध्य भयो । यो घटनासँगै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त संघीय गणतत्रात्मक व्यवस्था संसद्वादी दल र नेताहरुको कारण असफल हुन पुग्यो । यो कुनै दल र नेता विशेषभन्दा पनि संसदीय व्यवस्थाकै उपज हो, किनकि जबसम्म संसदीय व्यवस्था रहन्छ, तबसम्म सरकार सत्ताका लागि यस्तै लुछाचुँडी भइरहन्छ । यो संसदीय व्यवस्थाले राष्ट्र र जनहित गर्न सक्दैन भन्ने बलियो प्रमाण पनि हो । त्यसैले नेपाल कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थाले राष्ट्र र जनहित गर्न सक्दैन भन्दै सबै प्रकारका निर्वाचनहरु बहिष्कार गर्दै आएको थियो, जुन कुरा अहिले आएर सत्य सावित भएको छ । त्यसैले वर्तमान संकटबाट देश र जनतालाई पार लगाउन नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको वैज्ञानिक समाजवाद बाहेक अर्को उत्तम विकल्प हुनै सक्दैन ।

अहिलेका संसद्वादी दल र नेताहरुको हर्कतले पनि अबको समाधान भनेको वैज्ञानिक समाजवाद मात्र हो भन्ने कुराको पुष्टि गरिसकेको छ । बहुमतको नाममा देश र जनता लुट्न पल्केका संसद्वादी दल र नेताहरु नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एजेण्डामा सहमत हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्न तयार छैनन् किनकि देशमा वैज्ञानिक समाजवाद स्थापना भए, उनीहरुको ब्रह्मलुट चल्ने छैन । देश र जनता यी भ्रष्ट संसद्वादी दल र नेताको चंगुलबाट मुक्त हुनेछन् भन्ने उनीहरुलाई ठूलो भय छ ।

तसर्थ, देश र जनतालाई यो संसदीय व्यवस्था, संसद्वादी दल र नेताहरुको चंगुलबाट मुक्त पार्न वैज्ञानिक समाजवाद स्थापना गर्नु अनिवार्य भएको छ । यसको निम्ति सम्पूर्ण सचेत नागरिकले नेपाल कम्युनिष्ट पार्टीलाई साथ र सहयोग गर्नुको विकल्प छैन । अन्यथा यी संसद्वादी दल र नेताहरुले देश र जनताको अस्तित्व नै नामेट बनाइदिन सक्छन् । बेलैमा बुद्धि पु-याउन आवश्यक छ । अन्यथा पछुताउनुबाहेक अर्को विकल्प हुने छैन, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

समाजवादका लागि जुटौं

२०८० फाल्गुन २० गते, आईतवार