२३ राजनीतिक संगठनद्वारा विरोध जुलस र सभा सम्पन्न

२०७७ पुष २० गते, सोमबार


काठमाडौं । २३ राजनीतिक संगठनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगामी कदम ठहर गर्दै आइतबार अग्रगामी विकल््पको पक्षमा विरोध जुलुस र विरोध सभाको आयोजना सम्पन्न गरेको छ । संसदवादी प्रमुख दलहरू पहिलो चरणको कार्यक्रम सकेर बैठक भेलामा केन्द्रित भैरहेका बेला संसद बाहिर रहेका २३ राजनीतिक पार्र्टी तथा संगठनहरुले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन ।
उक्त विरोध जुलुस माइतीघर मण्डलाबाट शुरु भई नर्या वानेश्वर चोकमा आएर विरोध सभामा परिणत भएको थियो । विरोधसभालाई नेकपा(मसाल)का प्रवक्ता रामप्रकाश पुरी, नेकपाका लोकनारायण सुवेदी, नेकपा(माले)का सुरेन्द्र ढकाल र देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलआदिले सम्वोधन गरेका थिए ।
सम्वोधनका क्रममा देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटन प्रतिगामी उन्मुख फासिवादी कदम हो र संसदको विघटन ओलीको अमेरिकी साम्राज्यवादी इशारामा गरिएको छ । ओलीले संसदको नयाँ नीर्वाचनद्धारा संसदमा प्रतिक्रियावादीहरु र राष्टघातीहरुलाई उपस्थित गराएर अमेरिकी एमसीसी पास गराउने रणनीतिले काम गरेको छ । नेपालको राजनिितमा अहिले तीन धार देखिएका छन् प्रथम संसद विघटन गराउने ओली धार र संसदको पुनस्र्थापनाका लागि लडने अन्य संसवादीहरु र दोस्रो राजवादीहरुको राजतन्त्र र हिन्दुराज्यको पुनस्र्थापना गर्ने प्रतिगमनकारी धार र तेस्रो क्रान्तिकारी धार जसको उद्येश्य देशमा जनगणतन्त्रको स्थापना गर्ने हो, यस्तो धारको नेतृत्व २३ दलभित्रका क्रान्तिकारीहरुले गरिरेहका छन् भनेर जोड दिंदै भन्नु भयो ।
उक्त कार्यक्रमको सञ्चालन राजमो नेपालका केन्द्रीय सदस्य घनश्याम न्यौपानेले गरेका थिए । घोषित कार्यक्रम अनुसार माइतीघर मण्डलाबाट आइतबार १ बजे निस्केको बिरोध जुलुस बानेश्वरमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।

प्रतिक्रियाहरु