विज्ञान र प्रविधिमैत्रि पाठ्यक्रम लागू गर्न माग

२०७७ पुष १५ गते, बुधबार

काठमाण्डौ । अखिल क्रान्तिकारीले नेपालको पाठ्यक्रम विकासको सन्दर्भमाआफ्नै देशको प्राकृतिक साधनश्रोत र मानव संसाधनलाई जोड्ने पाठ्यक्रमभन्दा बिदेशी, साम्राज्यवादीदाताहरूको चाहना र योजनामा निर्माण गरिने गरिएको विषयप्रति खेद प्रकट गरेको छ । साथै सो संगठनले आगामी दिनमाविदेशीहरूको योजनामाहोइनहाम्रै देश र जनताको आवश्यकता र २१ औँशताव्दीको विज्ञान र प्रविधिमैत्रि पाठ्यक्रमहरु निर्माण गरी लागू गर्न पनि जोडदार माग गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।
यस बिषयमा अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले जारी गरेको विज्ञप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ – “१) कक्षा ११को पाठ्यक्रमका सम्बन्धमा सरकारले गरेको निर्णय र त्यसका विरुद्धमा निजी शैक्षिक संस्थाहरुको अगुवाईमा सर्वोच्चअदालतमादर्ता भएको मुद्दा र अदालतले उक्त मुद्दालाईलामो समयदेखि विचाराधीन राखेर लाखौँ विद्यार्थीको भविश्यमाथिगरिरहेको गैह्रजिम्मेवारपुर्ण खेलवाड प्रतिहाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । शैक्षिक सत्र को अन्त्यतिर आइपुग्दापनिपाठ्यक्रमको निक्र्योलहुननसक्नु हाम्रो देशको शिक्षाप्रणाली र जिम्मेवारी निकायहरूको हदैसम्मको गैर जिम्मेवारपन हो ।तसर्थ पाठ्यक्रमको विवाद सम्बन्धी समस्यालाई यथाशिघ्र हल गरी विद्यार्थीहरूको शैक्षिकशत्रलाई खेर जाननदिनतत्कालआवश्यक निर्णय लिनहाम्रो संगठन सम्बन्धित सबै निकायहरुलाई जोडदार मागगर्दछ ।
२) नेपालको पाठ्यक्रमविकासको सन्दर्भमाआफ्नै देशको प्राकृतिक साधनश्रोत र मानव संसाधनलाईजोड्ने पाठ्यक्रमभन्दा बिदेशी, साम्राज्यवादीदाताहरूको चाहना र योजनामानिर्माण गरिने गरिएको विषयप्रतिपनिहाम्रो संगठन खेद प्रकट गर्दछ ।आगामी दिनमा विदेशीहरूको योजनामा होइन हाम्रै देश र जनताको आवश्यकता र २१ औँ शताव्दीको विज्ञान र प्रविधिमैत्रि पाठ्यक्रमहरु निर्माण गरी लागू गर्न पनि हाम्रो संगठन जोडदार माग गर्दछ ।”

प्रतिक्रियाहरु