पाथिभरा क्षेत्रको जंगलमा डढेलो : दुर्लभ रेड पान्डा संकटमा

२०७७ पुष १२ गते, आईतवार


काठमाडौं । ताप्लेजुङ्ग फुङलिङ नगरपालिका–११ फावाखोलास्थित पाथीभरा सिम्बू सामुदायिक वनबाट सल्किएको आगो वन क्षेत्रमा फैलिरहेको छ । हिजो दिनभर स्थानीय बासिन्दासहित नेपाल प्रहरी, सेना र शसस्त्र प्रहरीको टोली आगलागी नियन्त्रणमा खटिएको थियो । तर वन क्षेत्रमा लागेको भीषण डढेलो मानवीय प्रयासबाट नियन्त्रणमा आएको छैन । यो क्षेत्र मूख्य गरि रेडपाण्डाको बासस्थानका रुपमा परिचित छ । डढेलोले बहुमूल्य जडीबुटी तथा विभिन्न प्रजातीका वनस्पती नष्ट भएका छन् । बन्यजन्तुको बासस्थानमा समेत असर पुगेको छ । डढेलो नियन्त्रणको प्रयास जारी छ । खानेपानीको पाइप जल्दा माथिल्लो फेदीका स्थानीय समस्यामा परेका छन् । खानेपानीका लागि ल्याइएको पाइप झण्डै ४ सय मिटर जलेर नष्ट भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार