रुद्रसेनको ‘दिल दुखायौ तिमिले मेरो’ (भाडियोसहित )

२०७७ पुष १० गते, शुक्रबार

काठमाडौँ । गायक एवं सङ्गीतकार रुद्रसेन विश्वकर्माको नयाँ गित ‘दिल दुखायौ तिमिले मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र अन्नु चौधरीको स्वर रहेको छ । भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल रुद्रसेन विश्वकर्म बाट सार्वजनिक गरिएको हो । गायक रुद्रसेन भोजपुरी र मैथिली गितमा समेत उत्तिकै चर्चित छन्।
प्रदीपकुमार रसाइलीको निर्देशन रहेको यस भिडियोमा निर्मल न्यौपाने, रिन्चु क्षेत्रि, पवन बराईली र रेणु लिम्बुलाइ फिचर्ड गरिएको छ । नीर कुमारी विश्वकर्मा (सविना) द्वारा निर्मित यस भियोको छायाङ्कन योगेश दाहालले गरेका हुन् भने सम्पादन अमृत चापागाईँको रहेको छ ।

प्रतिक्रियाहरु