टोटनह्याम कारावाओ कपको सेमिफाइनलमा

२०७७ पुष ९ गते, बिहीबार


काठमाडौं । टोटनह्याम र म्यानचेस्टर युनाइटेड इएफएल अर्थात कारावाओ कपको सेमिफाइनलमा पुगेका छन् । टोटनह्याम गएराति भएको क्वाटर फाइनलमा स्टोक सिटीलाई तीन–एकले पराजित गरि अन्तिम चारमा पुुगेको हो । टोटनह्यामको जितमा ग्यारेथ बेल, बेन डेविस र ह्यारी केनले गोल गरे । स्टोकका लागि जोर्डन थोम्पसनले एक गोल फर्काए । अब फाइनल प्रवेशका लागि टोटनह्यामले ब्रेन्टफोर्डसँग खेल्ने छ ।
एभर्टनलाई दुई शुन्यले हराएर म्यानचेस्टर युनाइटेड पनि सेमिफाइनलमा पुगेको छ । युनाइटेडका लागि एडिन्सन काभानी र एन्थोनी मार्सियलले गोल गरे फाइनल प्रवेशका लागि उसले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल खेल जनवरी चारमा हुनेछन् । -एजेन्सी

प्रतिक्रियाहरु