फिफा पूर्व अध्यक्ष ब्लाटरले भ्रष्टाचार गरेको आरोप

२०७७ पुष ८ गते, बुधबार


काठमाडौं । फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरमाथि फेरि भ्रष्टाचार गरेको आरोप लागेको छ । भ्रष्टाचारको आरोपका कारण उनले सन २०१५ मा पदबाट राजिनामा दिएका थिए। उनीविरुद्ध फिफाले उजुरी पनि दर्ता गरेको छ । स्विट्जरल्याण्डको जुरीचमा फिफा म्यूजियम बनाउने बेलामा उनले मोटो रकम भ्रष्टाचार गरेको ठहर गरेको छ । त्यो म्यूजियम बनाउने बेलामा ब्लाटरसहित अरु फिफा पदाधिकारीको संलग्नता रहेको बताइएको छ । ब्लाटर सन २०१५ मा भ्रष्टाचारको आरोपका कारण पदबाट राजिनामा दिनुपरेको थियो । त्यो बेला विश्वकपको आयोजक देशको निर्णय गर्दा रकम लिएको भनिएको थियो ।
८४ वर्षे ब्लाटर अध्यक्ष रहेका बेला चार सय २० मिलियन पाउण्ड खर्च गरेर म्यूजियम बनाइएको थियो । सन २०१३ मा यो प्रोजेक्ट सुरु भएर दुई वर्षमा सकिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु