जिवित देव गणेशको रुपमा ४ वर्षका रोजिन शाक्य नियुक्त

२०७७ पुष ३ गते, शुक्रबार


काठमाडौं । गुठी संस्थानले जिवित देव गणेशको रुपमा ४ वर्षका रोजिन शाक्यलाई नियुक्त गरेको छ । तलेजु भवानी मन्दिरका मूल पुजारी उद्दव बज्राचार्यले आज विधिवत रुपमा शाक्यलाई नयाँ गणेशको रुपमा प्रतिस्थापन गरेका हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर २४ को पाछै गल्लीमा बस्ने शाक्यलाई उहाँकै घरमा गणेशको रुपमा प्रतिस्थापन गरिएको हो । सामान्यतया ४ देखि १० वर्षसम्म मात्र गणेश रहने यअघिको प्रचलन रहेपनि यस पटक विभिन्न कारणले सम्बेगले १४ वर्षसम्म गणेशको जिम्मेवारी पाएका थिए । जिवित देवहरु किशोरावस्थामा प्रवेश गर्नुअघि नै नयाँ गणेश छनौट गरिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार