सन् २०३० को एसियन गेम्स कतारले आयोजना गर्ने

२०७७ पुष २ गते, बिहीबार


काठमाडौं । सन् २०३० को एसियन गेम्स आयोजनाको जिम्मा कतारले पाएको छ । ओमानको मस्कटमा भएको एसियन ओलम्पिक परिषद् ‘ओसीए’को साधारण सभाले कतारलाई मतदान मार्फत आयोजनाको जिम्मेवारी दिएको हो । ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख अहमद फाद अल अहमद अल सबाहले सन् २०३० को एसियन गेम कतारले आयोजना गर्न पाउने निर्णय सुनाएका हुन् । भोटिङका आधारमा कतारले साउदी अरेबियालाई पछि पार्दै एसियन गेम्सको जिम्मा पाएको हो । सन् २०३४ को एसियन गेम्सको जिम्मा भने साउदी अरेबियाले पाएको छ । सन् २०३४ को एसियन गेम्स रियादमा हुनेछ । साउदी अरब र कतारबीच लामो समय चलेको राजनीतिक विवादका बीच खेल हुने स्थानको निर्धारण मतदानबाट भएको हो । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु