बलात्कारीलाई नपुंसक बनाउने अध्यादेश जारी

२०७७ पुष १ गते, बुधबार


काठमाडौं । बलात्कारीलाई नपुंसक बनाउने अध्यादेश जारी भएको छ । पाकिस्तानको लाहोरमा एक जना महिलामाथि भएको सामुहिक बलात्कारको विषयले देशभर आक्रोश पैदा गरेपछि बलात्कारीलाई कडा कारवाहीको प्रावधानसहित नयाँ अध्यादेश ल्याईएको हो । प्रधानमन्त्री इमरान खानको क्याबिनेटले स्विकृत गरेलगत्तै राष्ट्रपति आरिफ अल्भीले नयाँ अध्यादेश जारी गरेका हुन् ।
नयाँ कानुन अनुसार बलात्कारका मुद्दा हेर्न फाष्ट ट्र्याक अदालत गठन हुनेछ । यस्तो अदालतले ४ महिनाभित्र मुद्दाको किनारा लगाउनेछ । नयाँ कानुनमा बलात्कारीलाई कडा सजायँको व्यवस्था गरिएको छ । बलात्कारमा दोषी ठहर भएका व्यक्तिलाई औषधिको प्रयोगमार्फत् नपुसंक बनाउन सकिने प्रावधान कानुनमा राखिएको छ । यो अध्यादेशमार्फत् यौन अपराधमा सहभागी व्यक्तिहरुको राष्ट्रिय अभिलेख तयार गरिने छ । पीडितको पहिचान गोप्य राख्नुपर्ने कानुनमा उल्लेख छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु