प्रेम दर्नाललाई पुन: पक्राउ गर्ने प्रहरीको योजना विफल : दाईको साटो भाई गिरफ्तार

२०७७ मंसिर २९ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय आर्थिक विभागका बरिष्ठ सदस्य एबम् पार्टी बिशेष कमिटीका इन्चार्ज प्रेम दर्नाल रिहा भएका छन । हिजो आइतबार सर्बोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको सुनुवाई गर्दै दर्नाललाई रिहा गर्न आदेश दिएको थियो । सर्बोच्चको आदेशपछि ललितपुर जिल्ला अदालतका श्रेस्तेदारको रोहबरमा रिहा भएका दर्नाललाई पुन पक्राउ गर्न कुरेर बसेका प्रहरी भने जिल्लिएका छन । प्रेम दर्नाललाई पुन पक्राउ गर्न कुरेर बसेका प्रहरीले उनका भाई प्रमेश दर्नाललाई पक्राउ गरेर भक्तपुर पुर्याए पछि आफुहरु जिल्लिएको थाहा पाएका थिए । प्रहरीले झुक्किएर गिरफ्तार गरेका प्रमेश दर्नाललाई अहिले प्रहरीले अभद्र ब्याबहारको मुद्दा लगाई जिल्ला प्रशासन कार्यालय भक्तपुरवाट १० दिनको म्याद थपेको बताइएको छ। आफ्नो दाजुलाई सर्बोच्च अदालतले रिहा गर्न आदेश दिएपछि घर लैजान पुगेका भाई प्रमेश दर्नाललाई प्रहरीले गिरफतार गरेर मानब अधिकार उलंघन गरेको भन्दै उनका परिवारले आपत्ति जनाएका छन। साथै उनका पारिवारले प्रहरीको यस्तो हर्कतबिरुद्ध आवाज उठाई दिन मानवअधिकारवादी, पत्रकार, समाजसेवी, बुद्धिजीवीलगायत सबैमा हार्दिक आग्रह समेत गरेको छ।

प्रतिक्रियाहरु