पत्रकारलाई मृ’त्युदण्ड !

२०७७ मंसिर २८ गते, आईतवार


काठमाडौं । सत्ताको बिरोध गरेको भन्दै इरानले एक पत्रकारलाई मृ’त्युदण्डको सजाय दिएको छ । अमाद न्यूज नामक अनलाइन वेबसाइटका संचालक तथा इरानी पत्रकार रोहुल्लाह जामलाई शनिबार झु’ण्ड्याएर मृ;त्युदण्ड दिइएको हो । उनलाई सन २०१७ र २०१८ को बिरोध प्रदर्शनमा हिंसा भड्काएको आरोप लागेको थियो ।
सत्ता बिरोधी भनिएका उनलाई ‘करप्सन अन अर्थ’ मा दोसी ठहर गरिएको समाचार एजेन्सीहरुले बताएका छन् । यद्यपि उनको अपराधबारे स्पष्ट भने नपारिएको इरानका समाचार माध्यमहरुले उल्लेख गरेका छन् । तर उनको अपराधलाई इरान सरकारले सत्ताउल्टाउने प्रयास भएकाले उनलाई मृ;त्युदण्ड दिइएको त्यहाँको सरकारी टेलिभिजन आईआरआईबीले जनाएको छ । उनी फ्रान्समा बस्दै आएकाले गत बर्ष नै उनलाई प;क्राउ गरि इरान लगिएको थियो ।
पक्राउपछि घटनाको सम्बन्धमा पत्रकार रोहुल्लाह जाले माफिसमेत मागेका थिए । तर उनलाई इरान सरकारले माफी दिएको थिएन । उनलाई ५ महिना अघि नै मृत्यु दण्डको सजाय तोकेको थियो । सोही अनुसार रोहुल्लाह जामलाई शनिबार झु’ण्ड्याएर मृत्युदण्डको सजाय दिइएको आईआरआईबीले जनाएको छ ।
यसअघि सजायको फैसला सार्वजनिक हुँदा इरानका बिभिन्न संस्थाहरुले उनको घटनाका सम्बन्धमा निष्पक्ष छानविन नभएको बताएका थिए । साथै ती संस्थाहरुले मृ’त्युदण्डको फैसलाप्रति आपत्ती जनाउदै सजाय माफ दिनुपर्ने बताउदै आएका थियो । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु