बाइडेनद्वारा मास्क लगाउन आग्रह !

२०७७ मंसिर १९ गते, शुक्रबार


काठमाडौं । हालै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले सबै अमेरिकीलाई एक सय दिन मास्क लगाउन आग्रह गर्ने बताएका छन् । आफ्नो कार्यकालको पहिलो सय दिन सबै अमेरिकीलाई मास्क लगाएर सहयोग गरिदिन आग्रह गर्ने उनले बताएका हुन । बाइडेनले सिएनएनसँगको कुराकानीमा हरेक अमेरिकीले मास्क लगाएमा कोरोना भाइरसको संक्रमण उल्लेख्य मात्रामा कम हुने विश्वास व्यक्त गरेका हुन । सबै सरकारी भवनहरुमा मास्क अनिर्वाय गर्ने पनि उनले बताएका छन् । अमेरिकी राष्ट्रपतिसँग अमेरिकीलाई मास्क लगाउन आदेश दिने कानूनी अधिकार छैन । तर बाइडेनले आफू र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले मास्क लगाएर उदहारण प्रस्तुत गर्ने बताएका छन । नोभेम्बर तीनमा भएको चुनावमा विजयी भएका बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिदैछन । कोरोना भाइरसवाट सबैभन्दा बढी प्रभावित अमेरिकामा एक करोड ४१ लाख २२ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको छ । दुई लाख ७६ हजार भन्दा धेरैको मृत्यु भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु