विकल्पलाई हिरासतमा चरम यातना, उपचार गर्नबाट बञ्चित : मानवअधिकार आयोगले निवेदनको सुनुवाई नगरेको गुनासो

२०७७ मंसिर १८ गते, बिहीबार


काठमाडौं । २०७७ मंसिर ५ गते ललितपुरको नख्खुबाट गिरप्तार भएका नेपाल कम्युनिष्ट पार्टीका नेता प्रेम दर्नाल (विकल्प) लाई प्रहरीले हिरासतमा चरम यातना दिएको खुलासा भएको छ । गिरफ्तार गरे लगत्तै नेता दर्नाललाई चरम यातना दिँदा उनि उहाँ पाँच घण्टासम्म वेहोस भएको जानकारी प्राप्त भएको उनको पारिवारिक स्रोतले बताएको छ।

प्रहरीको कडा यातनाबाट उनको शरिरमा सातवटा फ्याक्चरहरु भएको खुलाशा भएको छ । मंसिर ५ गते गिरफ्तार भएको दिन नै दिएको यातनाको आजसम्म पनि उपचार गरिएको छैन। उनलाई अस्पताल जानबाट विभिन्न बहानामा बञ्चित गराई राखिएको बुझिएको छ। उनलाई हिरासतमा रहँदा कोरोना भाइरसको संक्रमणको शंका गरिए पनि परिक्षणभने गरिएको छैन ।
यसैगरी , दर्नालका परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा उनको न्यूनतम मानवअधिकारको रक्षाको लागि निवेदन दिँदासमेत त्यस उपर कुनै सुनुवाइ नभएको गुनासो गरेका छन । कोरोनाको बाहना बनाउँदै प्रशासनले उनलाई सर्वोच्च अदालतमासमेत उपस्थित गराउन आनाकानी गरि रहेको उनको परिवारले बताएका छन ।
विभिन्न उद्योगव्यवसायीहरुका अनुसार प्रहरी प्रशासनले दर्नाललाई झुट्टा मुद्दा फसाउनको निम्ति जबरजस्ती उनका विरुद्धमा बयान दिन वाध्य गरिरहेको छ ।दर्नालको विषयमा गृहमन्त्री रामवहादुर थापाको निकै चासो रहेको, उनकै विशेष निर्देशनमा यी सबै कार्य भै रहेको स्रोतले बताएको छ ।
यसैबीच , दर्नालको पारिवारले प्रहरी हिरासतमा रहेका दर्नालको न्यूनतम मानवअधिकारको रक्षा गर्न आवश्यक पहल गरिदिन मानवअधिकारवादी, पत्रकार, समाजसेवी, बुद्धिजीवीलगायत सबैमा हार्दिक आग्रह गरेको छ।

प्रतिक्रियाहरु