प्रदेश २ द्वारा संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट

२०७७ मंसिर १८ गते, बिहीबार


काठमाडौं । केन्द्र सरकारले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश नम्बर २ को सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । प्रदेश २ सरकारले संघविरुद्ध दर्ता गराएको यो दोस्रो रिट हो । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । रिटको पेशी मंसिर २६ मा तोकिएको छ ।
संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिले कात्तिक २१ गते गरेको परिपत्र र समृद्ध तराई मधेस सिंचाई विशेष कार्यक्रमले कात्तिक २४ गते आह्वान गरेको बोलपत्रले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै रिट दर्ता गरिएको हो ।

प्रतिक्रियाहरु