आज अन्तर्राष्ट्रिय अपांगता दिवस

२०७७ मंसिर १८ गते, बिहीबार


काठमाडौं । आज अन्तर्राष्ट्रिय अपांगता दिवस । सन १९९२ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो । ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आज अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । यो नारा नेपालका लागि नेपाल सरकारले तय गरेको हो । कोरोना भाइरस संक्रमण महामारीको अवधिमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चिताका लागि जोड दिइएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष मित्रलाल शर्माले निजामती सेवामा कायम पाँच प्रतिशत अपाङ्गता भएका व्यक्तिको सहभागितालाई संसद्मा विचाराधीन निजामती कर्मचारी विधेयकबाट हटाइएको भन्दै आलोचना गरे । उनले आफूहरूको सहज जीवनयापन र सहभागिताका लागि नीतिगत रूपमा वकालतलगायत विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय दिवस मनाइने बताए ।
महासंघका महासचिव राजु बस्नेतले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिको अनुमोदन पश्चात् र राज्य पुनःसरचनापश्चातको नयाँ पृष्ठभूमिमा नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारको सवालमा केही राम्रा नीतिगत परिवर्तन भएका भए पनि व्यावहारिक कार्यान्वयनका क्षेत्रमा समस्या रहेको बताए ।
महासंघले राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा जनगणनालाई समावेशी बनाइ अपाङ्गता भएका व्यक्तिकोसमेत वास्तविक गणना गरी अपाङ्गता भएका व्यक्तिको तथ्यांक सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आज माघे संक्रान्ति

२०७७ माघ १ गते, बिहीबार

हुम्लामा भारी हिमपात

२०७७ पुष २९ गते, बुधबार

भुटानी शरणर्थी शिविरमा आगालगी

२०७७ पुष २८ गते, मंगलवार