‘चीन – नेपाल सम्बन्धले तेस्रो मुलुकलाई असर पर्दैन’

२०७७ मंसिर १८ गते, बिहीबार


काठमाडौं । चीनले नेपालसँगको सम्बन्धले कुनै तेस्रो मुलुकलाई असर नगर्ने स्पष्ट पारेको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले चीनले नेपालसँगको आफ्नो सम्बन्धले नेपाली जनताका लागि फाइदाजनक भएको बताएका हुन् । उनले यो सम्बन्धले अरुलाई हानी नगर्ने भएकाले तेस्रो पक्ष सशंकित हुनु नपर्ने स्पष्ट पार्दै नेपाल र चीन हिमाल र नदिले जोडिएका दुई मित्रवत छिमेकी मुलुक भएकोसमेत बताए ।
चीन नेपालसँग सबै क्षेत्रमा सहकार्य सुदृढ बनाउन प्रतिवद्ध रहेको भन्दै प्रवक्ता होउले बीआरआईमा गुणात्मक सहकार्य गर्न र सम्बन्धलाई नयाँ तहमा पुर्‍याउन काम गर्न चीन तयार रहेको स्पष्ट पारे । उनले हालै उच्च चिनियाँ अधिकारीको नेपाल भ्रमण र विगतमा भएका सहयोग तथा सहकार्यले पनि दुवै देशको सम्बन्ध स्पष्ट भएको बताए ।
पछिल्लो समय भारतले नेपाल र चीनबीचको सम्बन्धप्रति चासो देखाउँदै आएका बेला त्यसतर्फ संकेत गर्दै प्रवक्ता होउले नेपाल चीन सम्बन्धको बारेमा धारणा सार्वजनिक गरेका हुन् ।

प्रतिक्रियाहरु