नेकपा मकवानपुरद्वारा रोशन लामाप्रति श्रदाञ्जली

२०७७ मंसिर १७ गते, बुधबार


काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पार्टी सदस्य एवम पुर्व बिद्यार्थी अध्यक्ष रोशन लामाको मृत्युले पार्टी स्तब्ध र दुखित भएको जनाउदै उनको असामयिक निधन प्रति गहिरो दुख व्यक्त गर्दै भावपुर्ण श्रदाञ्जली अर्पण गरेको छ। सो पार्टीका मकवानपुर इन्चार्ज जमिनले आज एक बिज्ञप्ति जारी गर्दै सो समबेदना प्रकट गरेका हुन्।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी मकवानपुर इन्चार्ज जमिनले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी मनहरि- ६ निवासी पार्टी सदस्य एवम पुर्व विषयार्थी अध्यक्ष रोशन लामाको मिति २०७७/०८/९७ गते राति ९१:३० बजे आफ्नो डेरामा जाने क्रममा चितवन राप्ति ननरपालिका-४ भन्डारामा वसले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको खवरले पार्टी स्तब्ध र दुखित भएको छ। उहाँको असामयिक निधन प्रति गहिरो दुख व्यक्त गर्दै भावपुर्ण श्रदाञ्जली अर्पण गर्दछौ ।
उहाँको मृत्युले पार्टीलाइ क्षेति पुगेको छ । पिडित परिवारलाइ दुःख शोकलाइ शक्तिमा बदल्दै विचलित नभई अघि बढन अनुरोध छ । सरोकारवाला पक्षले मृतक पिडित परिवारलाइ उचित क्षतिपुर्ति ब्यवस्था मिलाउन माग गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौ । “

प्रतिक्रियाहरु