वैदेशिक रोजगार बीमा अनलाइनबाटै गर्न सकिने

२०७७ मंसिर १७ गते, बुधबार


काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार बीमा अब अनलाइनबाटै गर्न सकिने बताएको छ। वैदेशिक रोजगारीमा जानको लागि अनिवार्य रुपमा गर्नैपर्ने वैदेशिक रोजगार म्यादी जीवनबीमा अब अनलाइनबाट नै गर्न मिल्ने भएकाे हो । सन नेपाल लाइफ इन्स्योरेन्स र इसेवा तथा स्प्यारो पेको सहकार्यमा अनलाइनबाटै जीवनबीमा गर्ने व्यवस्था सुरु गरिएको हो ।
त्यस्तै, विदेश जानेले वैदेशिक रोजगार कल्याणकारी कोषमा अनिवार्य रुपमा जम्मा गर्नुपर्ने रकम समेत अनलाइनबाटै भुक्तानी गर्ने व्यवस्था मिलाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार