तीन लाख तिरेर नाउर र झारलको शिकार !

२०७७ मंसिर १७ गते, बुधबार


काठमाडौं । ढोरपाटन शिकार आरक्ष केन्द्रमा यस वर्षको पहिलो सिकार याममा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल एण्ड एक्पिडेसन कम्पनीमार्फत शिकारका लागि आएका बेल्जियमका नागरिक वार्य फ्रेडिक डार्कले शिकार आरक्षको धुस्तुङ ब्लकमा दुईवटा वन्यजन्तुको सिकार गरेका हुन् । शिकारीले नाउर र झारल शिकार गरेबापत सरकारलाई तीन लाख ६१ हजार पाँच सय रुपैयाँ राजस्व तिरेको कम्पनीले जनाएको छ । मंसिर ५ देखि १० गतेको अवधीमा उहाँले ती दुई वटा जनावरको शिकार गरेको आरक्ष केन्द्रले जनाएको छ । कोरोना महामारीका कारण लामो समयको लकडाउनले यस वर्षको पहिलो सिजनमा तोकिएका झारल र नाउरको शिकार हुन सकेन ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो याममा १० वटा नाउर र ६ वटा झारलको शिकार गर्न विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो । विभागको बोलपत्रमा एउटा कम्पनीले मात्र शिकारका लागि आवेदन दिएको थियो । विसं २०४२ सालमा स्थापना भएको आरक्षमा शिकारका लागि अमेरिका, रसिया, जर्मन र फ्रान्सलगायतका मुलुकबाट व्यावसायिक शिकारी आउने गरेका छन् ।

प्रतिक्रियाहरु