ट्रम्पको दावी गलतसाबित !

२०७७ मंसिर १७ गते, बुधबार


काठमाडौं । अमेरिकाका महान्यायाधिवक्ता विलियम बारले ट्रम्पको दावी गलतसाबित गरिदिएको छ। बारको जस्टिस डिपार्टमेन्टले राष्ट्रपति डोनल्ड ट्रम्पको दाबी अनुसार सन् २०२० को राष्ट्रपति चुनावमा कुनै पनि प्रकारको धाँधलीको प्रमाण नभेटिएको बताएको छ । अटोर्नी जनरलले भने, ‘अहिलेसम्म हामीले त्यो स्तरको धाँधलीको कुनै प्रमाण भेटेका छैनौं जसले चुनावी नतिजा प्रभावित भएको होस् । ’
विलियम बारको यो बयान ट्रम्पका लागि गहिरो झट्का हो जसले अहिलेसम्म हार स्विकार गरेका छैनन् । ट्रम्प र उनका प्रतिनिधिले ती राज्यमा चुनावी नतिजालाई अदालतमा चुनौती दिएका थिए जहाँ उनले हारको सामना गर्नुपरेको थियो । अब यी राज्यले जो बाइडेनको जित र सर्टिफिकेट दिन सुरु गरिसकेको छ । तीन नोभेम्बरमा भएको मतदानपछि नै ट्रम्पले लगातार अप्रमाणिक दाबी गरिरहेका छन् र चुनावमा व्यापक रुपमा धाँधली भइरहेको आरोप लगाइरहेका छन् । ट्रम्पको लिगल टिमले बाइडेनको जीतमा अन्तर्राष्ट्रिय षड्यन्त्र भएको दाबी गर्र्दै आएको छ ।
विलियम बारले समाचार एजेन्सी एपीसँग मंगलबार भने, ‘एउटा दाबी यो पनि हो कि धांधली सुनियोजित तरिकाले भएको छ र चुनावी नतिजा फेरिएको छ । ब्यालेट मेसिन ह्याक गरिएको दाबी पनि गरियो जसका कारण बाइडेनले थप भोट पाए । डिपार्टमेन्ट अफ जस्टिस र डिपार्टमेन्ट अफ होमल्लयाण्ड सिक्योरिटीले यी दाबीको अनुसन्धान गर्यो र हामीले यसको कुनै ठोस् प्रमाण भेटेन ।’
अटोर्नी जनरलको यो बयानमा ट्रम्प अभियानका वकिल रुडी जुलियानी र जेना एलिसले संयुक्त बयान जारी गर्दै भने, ‘अटोर्नी जनरल प्रति पूरा सम्मानसहित भन्न चाहन्छु कि उनको बयान कुनै जानकारी वा अनुसन्धान र सुनिश्चित धाँधलीको प्रमाण नहेरिकनै दिइएको थाहा हुन्छ ।’ अटोर्नी जनरलको यो बयानपछि डोनल्ड ट्रम्पका प्रतिनिधिमा बचेको आशा समाप्त भएको छ । ट्रम्पलाई लाग्थ्यो कि फेडरल अनुसन्धानकर्ताले उनको कुर्सी बचाउनेछ । – एजेन्सी

प्रतिक्रियाहरु