चीनद्धारा चन्द्रमामा चाङइ–५ को रोबोटयुक्त ल्याण्डर अवतरण

२०७७ मंसिर १७ गते, बुधबार


काठमाडौं । चीनले हालै चन्द्रमामा प्रक्षेपण गरेको अन्तरिक्ष मिसन चाङइ–५ को रोबोटयुक्त ल्याण्डर सफलतापूर्वक चन्द्र धरातलमा अवतरण गरेको छ । चन्द्रमाको आँधीको समुद्र भनेर चिनिने विशाल ज्वालामुखीय मैदानमा सो ल्याण्डरले सफलतापूर्वक अवतरण गरेको चीनको नेशनल स्पेश एडमिनिस्ट्रेसनले जनाएको छ । गत २४ नोभेम्बरमा दक्षिण चीनको हाइनान प्रान्तबाट सुरु भएको अन्तरिक्ष अभियानको आठौं दिनमा सफलता प्राप्त गरेको हो । चाङइ–५ अन्तर्गत चन्द्रमामा पठाएको यानलाई पुन पृथ्वीमा फर्काउने गरी थालिएको यो उसको पहिलो अभियान हो ।
यस अभियानको मुख्य उद्देश्य चन्द्रमाको सतहको २ मिटरभित्रबाट २ किलोग्राम माटो तथा ढुंगाका नमूना संकलन गर्ने पनि रहेको छ । यो रोबोटिक यानले अन्तरीक्ष क्षेत्रको चट्टान तथा माटो ३ दशमलव २ देखि ४ अर्ब वर्ष पुरानो रहेको विश्वास वैज्ञानिकहरुले गरेका छन् । यसअघि नै चीनको आफ्नो चाङइ–३ अभियानअन्तर्गत राबोटिक ल्याण्डर र रोभरलाई २०१३ डिसेम्बरमा सफलतापूर्वक अवतरण गराएको थियो ।
त्यसलगत्तै चीनले चाङइ–४ अभियानअन्तर्गत चन्द्रमाको पृथ्वीबाट नदेखिने भागमा ल्याण्डर र रोभरलाई सन् २०१९ मा सफलतापूर्वक अवतरण गराएको थियो । आगामी डिसेम्बर १६–१७ मा पृथ्वीमा यान फर्काने लक्ष्य राखिएको चीनको यो अभियान सफल भयो भने चन्द्र धरातलको नमूना पृथ्वीमा ल्याउने तेस्रो मुलुक पनि चीन नै बन्ने छ । चीनको यो सफलतासंगै अन्तरिक्ष विज्ञानमा रुस र अमेरिकाले कायम गरेको आधिपत्यलाई तोड्न चीन सक्षम बन्दै गएको संकेत गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु