‘हुम्ला घटनामा पार्टीको संलग्नता छैन ‘

२०७७ मंसिर १५ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी हुम्लाले कृषि विकास कार्यालयको गेटमा बम राखिएकाे भनी भूमण्डली शैलीमा पार्टीलाई दाेष दिएको भन्दै अापत्ति जनाएको छ । सो पार्टीका हुम्ला इन्चार्ज सुरेन्द्रले प्रेस विज्ञप्ति गरि उक्त घटनामा अाफ्नाे पार्टीको कुनै संलग्नता नभएको बताएका छन । खर्पुनाथ गाउँपालिका वडा नम्बर ५ का सर्वसाधारण तुलसीवीर ऐडीलाई प्रहरीले अपहरणशैलीमा पक्राउ गरेकोप्रति नेपाल कम्युनिस्ट पार्टी हुम्लाले घाेर निन्दा एवं भत्र्सना समेत गरेको छ । क्रान्ति र क्रान्तिकारी पार्टीलाई सखाप पार्ने, निर्दाेष जनतालाई दु:ख दिने कार्य नगर्न अाग्रह गर्दै निर्दाेष तुलसीवीरलाई विनासर्त रिहा नगरे प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
हुम्लामा भ्रष्टाचारीकाे राज चलिरहेको, जनताको दिनचर्या झन् कष्टकर बन्दै गएको र जनताको राेग, भाेग र अभाव पूर्व जन्म अभिशाप बनेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु