‘कोरोना संक्रमण थप र लगातार वृद्धि हुने संभावना’

२०७७ मंसिर १५ गते, सोमबार


काठमाडौं । अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले आगामी दिनमा संक्रमण थप र लगातार वृद्धि हुने सम्भावना रहेको भन्दै सचेत रहन चेतावनी दिएका छन । डा.फाउजीले थ्यांक्ससगिभिंगकोे लागि दसौं लाख अमेरिकी विभिन्न शहरबाट घर गएकाले त्यसको प्रभाव स्वरुप आउँदा हप्ताहरुमा कोरोना संक्रमण अहिले भन्दा अझ तीव्र गतिमा बिस्तार हुने सम्भावना रहेको बताए । यद्यपी, सम्भावित संक्रमणलाई धेरै हदसम्म रोक्न वा कम गर्न सकिने पनि उहाँको भनाइ छ ।
अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ३३ लाख ७४ हजार भन्दा बढी नाघेको छ । नोभेम्बर महिनामा मात्रै ४० लाख भन्दा धेरै अमेरिकी संक्रमित भइसकेका छन् । यो अक्टोबरको भन्दा दोब्बर हो । थ्यांक्सगिभिङको बिदाको समय अमेरिकामा सबै भन्दा धेरैले यात्रा गर्ने गरेका छन् । गत वर्ष सो अवसरमा झण्डै दुई करोड ६० लाख अमेरिकीले हवाई यात्रा गरेका थिए । यो वर्ष ८ लाखदेखि १० लाख भन्दा धेरैले विभिन्न विमानस्थलबाट यात्रा गरेको अनुमान गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु