क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना

२०७७ मंसिर १५ गते, सोमबार


काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वासप्रस्वासको समस्या देखिएपछि उनी काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण देखिएका सन्दीपमा स्वासप्रस्वासको समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् । अस्पतालका अनुसार उनको अवस्था सामान्य छ । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनुअघि गरिएको पिसिआर परीक्षणमा सन्दीपमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । तर, स्वासप्रस्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन । सन्दीप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा केही दिन सहभागी भएर बिग ब्यास लिग खेल्न डिसेम्बर दोस्रो साता अष्ट्रेलिया जाने तयारीमा थिए ।

प्रतिक्रियाहरु