बाेकाे हरामकाे हमला : ११० किसानको मृत्यु !

२०७७ मंसिर १५ गते, सोमबार


काठमाडाैँ । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रस्थित कोशोब र माइदुगुरी सहर नजिकैको ग्रामीण भेगमा बोको हरामले गरेका हमलाबाट कम्तिमा ११० जना किसान मारिएका छन् । समाचार एजेन्सीहरूका अनुसार प्रारम्भिक चरणमा कोशोबस्थित खेतमा काम गरिरहेका ४३ किसान मारिएका थिए । तर पछि अन्य ग्रामिण भेगमा पनि ७० जनाकाे हत्या भएकाे बताइएकाे छ । शनिबार भएकाे उक्त हमालामा जम्मा ११० किसान मारिएको समाचार अन्तर्राष्ट्रिय मिडियाले प्रकाशित गरेका छन् ।
नाइजेरियाका ग्रामिण इलाकामा सशस्त्र समूह बोको हराम सक्रिय रहँदैआएको छ । त्यहाँस्थित संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक संस्थाले सुरुमा मोटरसाइकलमा आएका मानिसले खेतमा काम गरिरहेका किसानलाई लक्षित गरी हमला गरेकाे बताएकाे छ । बोको हराम र इस्लामिक इस्टेट जस्ता अतिवादी समूहद्वारा पछिल्लो एक दशकमा त्यहाँका तिनै ग्रामीण इलाकामा मात्रै ३० हजार मानिस मारिएका छन् । साथै थुप्रै मानिस छिमेकी नाइजर, चाड र केमरुन लगायत देशमा विस्थापित भएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु