सुनको मूल्य तोलामा ६ सयले कमी

२०७७ मंसिर १४ गते, आईतवार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै सुनको मूल्य तोलामा ६ सयले कमी आएर ९० हजार ७ सयमा कारोबार भैरहेको जनाएको छ । शुक्रबार पनि २ सयले ओरालो लागेर ९१ हजार ३ सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ५० मा कारोबार भैरहेको महासंघले जनाएको छ ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम र कोभिडको खोपमा भैरहेको विकास लगायतका कारणले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लाग्दै आएको विश्लेषण गरिंदै आएको छ । यतिखेर अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंन्स १७ सय ८८ डलर हाराहारीमा कारोबार भैरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु