जन्ती बोकेको जीप दुर्घटना : ५ जनाको मृत्यु

२०७७ मंसिर १३ गते, शनिबार


काठमाण्डौ । गएराती रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै मृत्यु भएको हो भने ५८ वर्षीय लालबहादुर नेपालीको उपचारका लागि कोहलपुर लाँदै गर्दा बाटैमा मृत्यु भएको हो । मृत्यु हुने पाँचै जना रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ८ का बासिन्दा हुन् । आठबीसकोट–१० दाँजेबाट जन्ती लिएर आठबीसकोटकै वडा नम्बर १० घारीखोला जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप दुर्घटनामा परेको हो ।
जन्तीलाई झारेर गाडी अगाडि बढाउने क्रममा गाडी पछि सरेर करिब सय मिटर तल खसेको हो । जीपका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार