‘सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी होईन’

२०७७ मंसिर १२ गते, शुक्रबार

काठमाण्डौ । माक्र्सबादी एकता अभियान नेपालद्वारा शुक्रबार आयिजित ‘बर्तमान सरकार र कम्युनिष्ट आन्दोलन’ बिषयक बृहत अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नेकपा (मसाल)का महामन्त्री कमरेड मोहन बिक्रम सिंहले सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी नभएको ठोकुवा गरेका छन । करिब ३ घन्टासम्म चलेको जूम कार्यक्रममा सिंहले बर्तमान ओली सरकारको खरो आलोचना गर्दै सरकार संचालन गरिरहेको पार्टी डबल नेकपा नामको कम्युनिष्ट पार्टी भए पनि यो सैद्वान्तिक, बैचारिक र सांगठनिक रुपमा कम्युनिष्ट पार्टी नभएको ठोकुवा गरेका हुन् ।
शुरुमा आफ्नो पार्टीको अवधारणा व्यक्त गरेका सिंहले सहभागीहरुबाट उठाईएका जिज्ञाशाहरुको क्रमिक रुपमा जवाफ दिएका थिए ।
सिंहलाई प्रश्न राख्नेहरुमा माक्र्सबादी एकता अभियानका सचिवालय सदस्य रघु घिमिरे, प्रगतिशील साहित्यकार हरिहर खनाल, माक्र्सबादी एकता अभियानका सचिवालय सदस्य उदय नेपाली, माक्र्सबादी एकता अभियानका सचिवालय सचिव राजेन्द्र देशभक्त, माक्र्सबादी एकता अभियानका सल्लाहकार नेकपा बोल्सेभिकका रबिन्द्र श्रेष्ठ, सत्तासिन नेकपाका केन्द्रिय सदस्य एबम् माक्र्सबादी एकता अभियानका सल्लाहकार नारायण शर्मा,नेकपाका सह संयोजक एबम् माक्र्सबादी एकता अभियानका सल्लाहकार लोक नारायण सुबेदीलगायत थिए ।
सबै प्रश्नकर्ताहरुले ओली सरकारबाट देशमा जनबिरोधी कामहरु भैरहेको, भ्रष्टाचारमा ओली सरकार एशियामै प्रथम भएको , राष्ट्रघाती कामहरुमा सरकार नै अग्रसर भएको र राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाएर निरंकुशतातर्फ उन्मुख भैरहेको लगायतका बिषयमा नेता सिंहको ध्यनाकर्षण गराएका थिए ।
माक्र्सबादी एकता अभियानका संयोजक डा. शम्भु कट्टेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य अभियानका सह संयोजक प्रा.डा.रमेश अधिकारीले राखेका थिए भने कार्यक्रमको संचालन अभियानका प्रवक्ता निमकान्त पाण्डेले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु