म्याराडोनाको अन्त्येष्टी

२०७७ मंसिर १२ गते, शुक्रबार


काठमाडौं । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको एक निजी समारोहकाबीच अर्जेन्टिनाको ब्युनस आयर्सको चिहान घरमा अन्त्येष्टी गरिएको छ । बिहीबार भएको अन्त्येष्टीमा परिवारका सदस्य, आफन्त र नजिकका साथि गरी करिब दुई दर्जन मानिस सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको कफिन लैजाँदै गर्दा ठूलो संख्यामा उपस्थित भएका प्रशंसकहरुले अश्रुपूर्ण आँखाका साथ अन्तिम बिदाई गरेका थिए । आँशु चुहाउँदै अधिकांश प्रशंसकहरु म्याराडोनाको कफिनतर्फ चुम्बन गर्दै गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
म्याराडोनालाई अन्तिम बिदाई गर्न बाटोमा भेला भएका मानिसको भिड अत्याधिक हुँदा प्रहरीले अश्रु ग्यास र रबरको गोली समेत प्रहार गर्नु परेको छ । अर्जेन्टिनी सरकारले देशभर तीन दिने राष्ट्रिय शोक नै घोषणा गरेको छ । फुटबल प्रशंसकबीच ‘भगवान’को उपमा पाएका म्याराडोनाको मृत्युको खबरले संसारभरका उनको प्रशंसक दुःखी भएका छन् । ६० वर्षीय म्याराडोनाको बुधबार हृदयघातका कारण मृत्यु भएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु