काठमाडौं उपत्यकालगायत देशभर चिसो बढ्यो

२०७७ मंसिर १२ गते, शुक्रबार

काठमाडौं । काठमाडौं उपत्यकासँगैं देशभर चिसो बढेको छ । पश्चिमी वायुको प्रभावसँगै चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुनुका साथै सुदूरपश्चिम र मध्य क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्यत हिमपात हुने तथा बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति प्रदेश १ मा आंशिक बदलि रही बाँकि भुभागमा मौसम सामान्यतया सफा रहनेछ ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने छ । आज बिहान सूर्योदय ६ बजेर ३५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार