युवा संगठनद्वारा गिरफ्तार गरिएकालाई तत्काल रिहा गर्न माग

२०७७ मंसिर ११ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन दिवसकाे अवसरमा कास्कीमा भइरहेको शान्तिपुर्ण कार्यक्रमबाट युवा संगठन नेपालका केन्द्रीय सदस्य कुमार लगायतलाई गिरफ्तार गरिएकोप्रति युवा संगठन नेपालले घोर भत्र्सना गरेको छ ।
युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटनले अाज एक प्रेस विज्ञप्ति जारी गरि जनताले शान्तिपुर्ण रुपमा बोल्न, लेख्न र राजनितिक गतिविधी सम्म गर्न नपाउने गरि नागरिकहरु माथी दमन धरपकड गर्नुले यो सत्ताको फासीवादी चरित्र उदाङ्गाे भएको भन्दै कुमार लगायत सम्पुर्णकाे तत्काल निसर्त रिहाइकाे माग गरेका छन ।
पाटनद्वारा जारी विज्ञप्तिमा भनिएको छ -‘देश कोरोनाको महामारीसंगै आर्थिक, राजनैतिक र सामाजिक रुपमा चरम संकटमा परिरहेको अवस्थामा कथित केपि सरकार भने जनतामाथि आतंक मच्चाउदै नागरिकमाथि गर्नु पर्ने न्युनतम दायित्वबाट पनि पन्छिएको छ, सरकारले गरेका संस्थागत भ्रष्टाचार र भ्रष्टाचार गर्नेहरुको संरक्षण लगाइतका ब्यथितिका विरुद्ध आवाज उठाउने जुनसुकै नागरिकहरुमाथी प्रतिबन्ध लगाउनु र राज्यसत्ताको दुरुपयोग गरि दमन गर्नु यो सत्ताको मुख्य काम बनेको छ । सत्ता जसरी पनि देशलाई युद्धमा धकल्ने जोडबलका साथ लागि परेको हुदा सबै नागरिक सचेत रहन अपिल गर्दछौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु