फुटबलर म्याराडोनाको निधन

२०७७ मंसिर ११ गते, बिहीबार


काठमाडौं । लिजेण्ड फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ । अर्जेन्टिनाको स्थानीय मिडियाले म्यारोडोनाको निधन भएको जनाएको छ । हृदयघातको कारण उनको घरमै निधन भएको बताइएको छ । दुई साता अघि मात्र म्याराडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्याराडोना अर्जेन्टिनाका महान खेलाडी मानिन्छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु