नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा हुदै

२०७७ मंसिर ११ गते, बिहीबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ वार्षिक साधारण सभा जुम प्रविधिबाट शुरु हुँदैछ । साधारण सभाको उदघाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम छ । निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष सहित विभिन्न पदका लागि १ सय २१ जनाले प्रतिस्पर्धामा भाग लिएका छन् । त्यसमध्ये ७० जना निर्वाचित भएर आउने छन् ।
अध्यक्षमा वरिष्ठ उपाध्यक्ष स्वतः निर्वाचित हुने व्यवस्था रहेकोले अहिले निर्वाचनको मुख्य ध्यान वरिष्ठ उपाध्यक्षमा केन्द्रित भएको छ । निर्वाचनका लागि किशोर प्रधान र चन्द्र ढकालका दुई छुट्टाछुट्टै समूह प्रतिपर्धामा रहेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की व्याङकेट माइतीघर र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय छुट्टाछुट्टै रुपमा निर्वाचनको लागि मतदान हुनेछ । निर्वाचन समितिले पाँच किसिमका मतपत्र निर्वाचनको लागि प्रयोगमा ल्याउने निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए । बुधवारसम्म अद्यावधिक भएका मतदाताहरुमा एसोसिएट तर्फबाट ९ सय २३, वस्तुगत तर्फ एक सय तीन, जिल्ला नगरबाट एक सय सात, राष्ट्रियबाट १२ र संस्थागत तर्फ १२ गरी कुल १ हजार १ सय ५७ मतदाता सहभागी हुने निर्वाचन समितिले जनाएको छ ।
मुलुकका व्यवसायीहरूको सबैभन्दा ठूलो संगठनको साधारण सभा भएकोले यो साधारण सभालाई चासोपूर्वक हेरिएको छ । कोरोना भाइरस संक्रमणका कारण स्थगित साधारणसभा लामो समयपछि हुन लागेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु